गायिका कला लम्सालको ‘पातली’ सिक्वेल–३ ‘झिल्के भेना’

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७८, शनिबार

काठमाडौं । गायिका कला लम्सालको नाम आउने वित्तिकै ‘पातली’ भनेर परिचय पनि जोडिन थाल्छ । उनको तिज गीत पातलीले उनलाई ‘पातली’कै परिचय दियो । गीत सुपर डुपर हिट भयो त्यसपछि पातली गीतकै सिक्वेल आउन थाल्यो । गत वर्ष पातली–२ बजारमा आएको थियो भने अहिले पातली–३ बजारमा आएको छ ।

हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिज नजिकै आउँदा कलाकारहरुलाई तिज गीत सार्वजनिक गर्न तँछाड मछाड भइरहेको छ । बजारमा सार्वजनिक हुने क्रममा भीड लागिसकेको छ । यही मेसोमा गायिका कला लम्सालको नयाँ तिज गीत ‘पातली–३’ झिल्के भेना बजारमा आएको छ । मौलिक तिज भाकामा सिर्जना भएको यो गीतको शब्द संगीत शिव हमालको रहेको छ । गीतमा कला लम्सालले स्वर दिएकी छन् । गीतको संगीत संयोजन भने आशिष अबिरलले गरेका छन् ।
यसै गीतको म्यूजिक भिडियोमा कला लम्सालका साथमा करिश्मा ढकाल, अन्जली अधिकारी र लोमश शर्माको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायाँकन रहेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । पातली–३ झिल्के भेना गायिका कला लम्सालकै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु