• क्यानडामा कलाले झुमाइन् दर्शक

    म्यूजिक खबर
    प्रकाशित: १४ बैशाख २०७९, बुधबार

    काठमाडौं । चर्चित लोक गायिका कला लम्साल यतिबेला सांगीतिक यात्राका क्रममा क्यानडामा छिन् । क्यानडामा आयोजना भएका विविध कार्यक्रमहरुमा उनले सांगीतिक प्रस्तुति दिंदै आएकी छिन् ।

    यहि क्रममा क्यानडाको क्याल्गरी सिटीमा एनसिएससिद्वाराआयोजित नयाँ वर्ष विशेष कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीतबाट दर्शकलाई नचाउन र झुमाउन सफल भएकी छिन् ।

    किन झस्कियौ, धानको चामल धानैको चिउरा, लाहुरे, मुसुमुसु हाँस लगायत थुप्रै हिट गीतहरु कलाका गीत हुन् । उनको ‘पातली’ बोलको तीज गीतले त सांगीतिक बजारमा तहल्का नै पिटेको थियो ।

    क्यानडालाई कर्मभूमी बनाएका नेपालीहरुको मायाले आफूलाई उर्जा थपिएको र क्यानडा रहँदाको समय कहिल्यै बिर्सन नसक्ने माया पाएको कलाले हामीलाई बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु