तीजको छेकोमा गायिका लम्सालले ल्याइन् सदाबहार बजाउन र नाँच्न मिल्ने गीत ‘अन्टी लभर’

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०८२, आईतवार २३:२६

काठमाडौँ । लोकप्रिय गायिका कला लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । कलाले ‘अन्टी लभर’ बोलको गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

सधैं जसो तीजको समयमा मौलिक गीत सार्वजनिक गर्दै आएकी गायिका लम्सालले यसपटक भने यसपटक भने फरक शैलीको गीत सार्वजनिक गरेकी हुन् । डान्सिङ नम्बरमा आधारित गीत रमाइलो र सन्देशमुलक छ । तीजको छेको सार्वजनिक भएको यो गीत तीजको गीत नभएता पनि छमछमी नाँच्न मिल्ने बनेको छ ।
गीतमा कला लम्साल र गायक आशिष अबिरल स्वर सुन्न सकिन्छ । रमेश परियारको शब्द तथा संगीत रहेको रहेको गीतको संगीत संयोजन र मिक्सिङ तथा मास्टरिङ गायक अबिरलले नै गरेका हुन् ।
गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । मौसम हिमालिले निर्देशन र कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका लम्साल र बद्री प्रसाद तिवारीले कम्मर मर्काएका छन् ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन र कलरिङ गरेका हुन् ।

गीत सदाबहार बजाउन मिल्ने छ । तीजकै गीत नभएता पनि तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु