मौलिकताभित्र फरकपन खोज्दै कला र प्रकाश

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७९, बुधबार

काठमाडौं । समय र माध्यम फेरिए पनि श्रोतामाझ लोकलयमा आधारित गीत–सङ्गीतको प्रभाव घटेको छैन । अझ बढेको छ । मौलिकता र उत्कृष्टता समेटिएका गीतलाई आज पनि श्रोताले खोजी–खोजी हेर्ने गरेका छन् । मौलिकतालाई जीवित राखेरै गीत सार्वजनिक गर्ने थोरै मात्र सर्जक–स्रष्टा र प्रस्तोता छन् । ती थोरै मध्येका दुई नाम हुन् – गायिका कला लम्साल र गायक तथा सर्जक प्रकाश पराजुली । गायिका लम्सालका गीत सर्च गर्ने हो भने उनका हरेका गीतमा नेपाली माटोको सुगन्ध भेटिन्छ । त्यस्तै प्रकाश पराजुलीको नाम पनि लोक संगीत क्षेत्रमा बलियो स्तम्भ भइसकेको छ । यहाँ गायिका लम्साल र पराजुलीको नामको मात्र चर्चा गरिनुको कारण पनि उही नै हो – नयाँ मौलिक गीत ।

मौलिकताभित्र पनि फरकपन खोज्दै यतिबेला गायिका लम्साल र गायक पराजुलीको मीठो स्वरले सजिएको ‘हुन्न र अरे साईंली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मीठासता पाइन्छ । संगीतमा नाँचु नाँचु लाग्ने बिट प्रयोग गरिएको छ । प्रकाश पराजुलीकै को शब्द र संगीत रहेको गीतलाई एचबिएन किस्मतले एरेन्ज गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ पनि एचबिएन किस्मतले नै गरेका हुन् । वान डिबि एचडी स्टुडियोमा रेकडिङ गरिएको गीतका रेकर्डिष्ट बिमल छिनाल हुन् । गीतको अडियो जस्तै भिडियो पनि आकर्षक बनेको छ ।

भिडियोमा गायिका कला लम्साल र दुर्गेश थापाले अभिनय गरेका छन् । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको सह निर्देशन प्रशान्त मगरले गरेका हुन् । अर्जुन तिवारीको छायांकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन तथा कलर गरेका हुन् । गायिका कलाकै युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो । ‘तिरिरि मुरली बज्यो’ सार्वजनिक भएको दुई महिनाको अन्तरपछि उनले आफ्नै युट्युब च्यानलमार्फत नयाँ भिडियो सार्वजनिक गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु