कला लम्सालको ‘पातली’ तीज गीत सर्वोत्कृष्ट, ‘टिकटक बनाउने तीन जनालाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । गायिका कला लम्सालको स्वरमा रहेको तीज गीत ‘पातली’ को टिकटक भिडियो प्रतियोगितामा पोखराकी प्रतिक्षा अधिकारी प्रथम भएकी छन् । मौलिक तिज गीत पातलीको भिडियोहरु बनाउनेहरुमध्येबाट राम्रो अभिनयका साथ बनाइएको टिकटक भिडियोबाट तीन जना पुरस्कृत भएका छन् । जसअनुसार प्रथम पुरस्कार प्रतिक्षा अधिकारीले चुमेकी छन् भने दोस्रो स्थामा रोजी लामिछाने र प्रमिला महत क्षेत्रीले पुरस्कार जितेका छन् । त्यस्तै आयुषा खनालले तृतीय स्थानको पुरस्कार जित्न सफल भएकी छन् ।

‘पातली’ गीतको टिकटकमा पुरस्कृत तीन जनालाई २५, १५ र ५ हजार बराबरको गिफ्ट ह्याम्पर र सम्मान पत्र प्रदान गरिएको थियो । भाद्र १२ गते सम्पन्न छायाँछवि तिज म्यूजिक अवार्डको अवसरमा सोही स्टेजलाई प्रयोग गर्दै उनले पुरस्कार प्रदान गरेकी थिइन् ।

त्यस्तै कार्यक्रममा ‘पातली’ गीतमा आबद्ध शब्द तथा लयतर्फ शिव हमाल, संगीत संयोजक आशिष अबिरल, मिक्सिङमा एचबिएन किस्मत, निर्देशक प्रकाश भट्ट, छायाँकार राजेश घिमिरे, सम्पादक विष्णु शर्मा, सहगायिका शान्ति सुनार र सुशिला गौतमलाईसमेत कदर पत्र प्रदान गरेकी थिइन् ।

त्यस्तै छैटौं छायाँछवि तिज म्यूजिक अवार्डमा गायिका कला लम्सालले ‘पातली’ गीतबाट नै उत्कृष्ट मौलिक तिज गीतको अवार्डसमेत चुम्न सफल भएकी थिइन् । गायिका लम्सालले अवार्ड पाएपछि खुशी व्यक्त गर्दै दुईवटा खुशी एउटै स्टेजबाट सेयर गर्न पाएकोमा सबैलाई धन्यवाद प्रकट गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु