• कला, पशुपति र अनुको ‘कलेजी छेउ खायो’

    म्यूजिक खबर
    प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार

    काठमाडौं । पशुपति शर्मा र कला पंगेनीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘कलेजी छेउ खायो’ बजारमा आएको छ ।

    सुरज पुनको लय तथा शब्द संयोजन रहेको उक्त गीतका वाद्यवादन संयोजक विश्वास नेपाल रहेका छन् ।

    गीतको भिडियोमा मोडल अनु पराजुलीका साथमा पशुपति शर्मा आफैं देखिएका छन् भने उक्त गीतको भिडियो प्रविन थापाले निर्देशन गरेका छन् । कला पंगेनीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजानिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु