कालिका अवार्ड सम्पन्न, पोखरेल भए सर्वोत्कृष्ट संगीतकार

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७०, मंगलवार

नवौं यामाहा कालिका म्यूजिक अवार्ड २०७० मा सर्वोत्कृष्ट चलचित्र संगीतकारका रुपमा संगीतकार अर्जुन पोखरेलले अवार्ड चुमेका छन् भने सर्वोत्कृष्ट चलचित्र गायिकाका रुपमा गाला रातै गीतबाट गायिका मिलन अमात्यले अवार्ड चुम्न सफल भएकी छन् । कालिका एफ.एम.को ११ औं वार्षिकोत्सवको अवसर पारेर गरिएको कालिका म्यूजिक अवार्डको नवौं संस्करणका रुपमा गरिएको यस अवार्डमा विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको छ । संगीतकार अर्जुन पोखरेल चितवनका स्थायी बासिन्दासमेत हुन् । उनले अवार्ड चुमेपछि आफ्नो गृहजिल्लामा रहेको चर्चित रेडियोले आफूलाई गरेको सम्मानबाट अझ बढी जिम्मेवारी थपिदिएको बताएका छन् । त्यस्तै गायिका मिलन अमात्यले आफूलाई कालिका एफएमले अवार्ड प्रदान गरेकोमा गायनमा अझ जिम्मेवारी बोध भएको अझ उत्कृष्ट रुपमा गायनयात्रालाई अगाडि बढाउन प्रोत्साहन मिलेको बताएकी छिन् ।
विभिन्न २६ विधामा गरिएको यस अवार्डमा गाला रातै गीतबाट प्रल्हाद तिमिल्सिनासमेत अवार्ड चुमेका छन् । त्यस्तै चलचित्र गायकका तर्फबाट शिव परियारले अवार्ड प्राप्त गरेका छन् । सुगम संगीततर्फ संगीतकार राजकुमार बगर, गायक नरेन्द्र प्यासी, गायिका रजिना रिमालले अवार्ड चुमेका छन् । त्यसैगरी सर्वोत्कृष्ट पप गायकका रुपमा गायक नवीन के. भट्टराईले अवार्ड हात पारेका छन् । त्यस्तै लोकदोहोरी गायक शिरिष देवकोटा भए भने गायिका विष्णु माझीले अवार्ड चुमेकी छन् । त्यस्तै लोकदोहोरी शब्दतर्फ एकनारायण भण्डारीको जय जय होस्ले अवार्ड चुम्यो भने मिलन लामाको घरमा पराल बारीमा बन्सोले सर्वोत्कृष्ट लोकदोहोरी लयको अवार्ड हात पा¥यो । त्यसैगरी स्थानीय लोकदोहोरी कलाकारतर्फ सिता कँडेलले अवार्ड प्राप्त गर्न सफल भइन् भने सर्वोत्कृष्ट स्थानीय पप गायकतर्फ सञ्जय चौधरीले अवार्ड चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट एरेन्जर किरण कँडेल भए भने नव पप गायकका तर्फबाट सुनिल गिरीले अवार्ड चुमे ।

kalika music award
त्यसैगरी प्रत्येक वर्ष प्रदान गरिँदै आएको लाइफटाइभ अचिभमेन्ट अवार्डबाट यस वर्ष गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई सम्मान गरियो । गायक तथा संगीतकार प्रधानलाई सम्मान गरिँदा सम्पूर्ण उपस्थित पाहु्नाहरु उठेर सबैले एकैचोटी सम्मान गरिएको थियो । कालिका एफएमका अध्यक्ष एवं समाजसेवी विक्रम पाण्डेको सभापतित्वमा सम्पन्न भएको उक्त म्यूजिक अवार्ड कार्यक्रममा वरिष्ठ गीतकार एवं चलचित्रकर्मी चेतन कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । यहाँसम्म सहयोग पु¥याउने सम्पूर्ण सहयोगी हातहरुलाई धन्वाद दिँदै अध्यक्ष विक्रम पाण्डेले कार्यक्रमलाई निरन्तर रुपमा आगामी वर्षहरुमा गरिने र सम्पूर्ण संगीतकर्मीहरुलाई सम्मान गर्दै जाने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु