• मर्मश्पर्शी गीत ‘मेरो दुःख मेरो पिडा’ सार्वजनिक, भिडियोमा कल्पना र अर्जुन

    म्यूजिक खबर
    प्रकाशित: २ असार २०८१, शनिबार

    काठमाडौं । यतिबेला सुमधुर स्वरकी धनी बालगायिका कल्पना विष्ट सांगीतिक क्षेत्रमा छाइरहेकी छिन् । उनको स्वरले सजिएका गीतहरु निरन्तर आइरहेका छन् । यहि क्रममा उनको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको भिडियो सार्वजनिक भएको छ । गीतमासुजन कोइरालाको शब्द, श्रीधर अधिकारीको संगीत रहेको छ ।

    बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा र नवराज थापाको अभिनय देख्न सकिन्छ । महेश महराले छायांकन गरेको भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन गरेका हुन् ।
    भिडियोलाई सुजन कोइराला युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु