कल्पनाको तिज गीतमा ‘पूर्व मिस नेपाल उषा खड्गी’ र दिलासा रानीको छमछमी ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७५, बिहीबार

श्रावण ३, काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले गायिका कल्पना कुसुमको तिज गीतमा अभिनय गरेकी छन् । सभ्य र मार्मिक शब्द एवं संगीतमा सजिएको ‘नाचौं गाउँ संगीनी गरौं रमाईलो’ बोलको रमाइलो गीत सार्वजनिक भएको छ । नौलोपन दिइने कोशिष गरिएको उक्त गीतमा मिस नेपाल २००० की ताज विजेता उषा खड्गीले अभिनय गरेकी छिन् भने गायिका कल्पनाकी छोरी दिलासा रानीले पनि लोभलाग्दो नृत्य गरेकी छिन् ।
भने नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् ।

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गीतकार राजकुमार बगरको शब्द रहेको गीतमा रोहित सुवेदीले संगीत भरेका छन् । गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् भने राजिब समीरको कोरियोग्राफीमा उत्तम हुमागाँईले क्यामरा चलाएका छन् । कल्पना कुसुमले गत वर्ष ‘कहाँमा जान्छौ रानी चरी बगाल’ बोलको मौली तिज गीत गाएर धेरैको मन जितेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु