• कदम सार्वजनिक । सस्तो लोकप्रियताले उद्योग धरासायी : पौडेल

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७०, शनिबार

    काठमाडौं, १ चैत । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा नेपाली गजलसंग्रह कदमलाई हिजो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना सार्वजनिक गरियो ।
    सार्वजनिक कार्यक्रमपछि गजलकार ज्ञानुवारक पौडेलले शुभकामना मन्तव्य दिँदै भने ‘हाम्रो संगीतकर्मीहरुमा सस्तो लोकप्रियता कमाउने मोह बढेकाले संगीत उद्योग धरासायी बनेको हो ।’ पौडेलले आफैं गीत सिर्जन ागर्ने, आफैं गाउने र आफैं संगीतको सम्पूर्ण काम गर्ने हुँदा त्यो गीतले स्रोताहरुलाई छुन नसक्ने भएकै कारण संगीत उद्योगले क्षति बेहोरेको बताए । एउटा गीतले सबैको मन छुनका लागि सफल बन्न सकेन भने त्यो गीतले बजार लिन सक्दैन । त्यसो त संगीतकर्मीहरु यो देशले स्रष्टालाई केही गरेन भन्दै विदेश पलायन हुने गरेको बताए । गायक गायिकाहरु विदेश पलायन हुँदा त्यहाँको राष्ट्रले पनि उनीहरुलाई केही दिएको छैन भन्दै पौडेलले भने विदेशमा श्रम गरेर स्वदेशमा राष्ट्रले केही गरेन भन्ने कलाकारले यो देशलाई पनि केही गर्न सकेका छैनन् ।
    कार्यक्रममा गायक आनन्द कार्की, हेमन्त शर्मा, संगीतकार शम्भुजित बास्कोटा, सन्तोष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए भने एल्बमको संगीतको तर्फबाट संगीतकार कमल अधिकारीले प्रष्ट बनाएका थिए । अधिकारीले आफू जगजित सिंहको फ्यान भएका कारण उनको प्रेरणाले यो एल्बमको संगीतलाई थप मजबुत बनाएको बताए । तर जगजित सिंहकै गन्ध भने नभएको बताउँदै उनले आफूले सक्दो राम्रो क्रियशन गरेको छु भने ।
    कदमलाई गजलकार मधु साश्रु, चिरञ्जीवी नेपाल र राजकुमार अमात्यको रचनामा रचिएका गजलहरुलाई कमल अधिकारीको एकल संगीतमा तयार पारिएको हो । एल्बममा हे माया म के भएँ, जब छातिभित्र गम हुन्छ, मायामा फुलेर मायामा भुलेर, बालापनको चोखो प्रेम, किन किन झरी पर्दा, सराब पिउन जाऊँ, मलाई छाडि पराइसँग जस्ता ७ वटा गीत समावेश गरिएको छ । जसमा शिव परियार, हेमन्त शर्मा, कमल अधिकारी, स्मिता रानाभाट, रोशन अधिकारी, स्वरुपराज आचार्य, टोपेन्द्र बाबुको स्वर समावेश गरिएको छ ।

     

    kadam4

     

    kadam2

     

    kadam

     

    kadam3

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु