चर्चामा यो दुःखीलाई के दशैं केको तिहार

म्यूजिक खबर
प्रकाशित: १३ कार्तिक २०७२, शुक्रबार

काठमाडौं । लोकदोहोरीको क्षेत्रमा दिनदिनै नयाँ नयाँ कलाकारको आगमन हुने क्रम जारी छ । नयाँ प्रतिभा बोकेर भित्रिएका कलाकारहरुको संख्या अहिले लोकदोहोरी नगन्य भइसकेको छ । लोकदोहोरी क्षेत्र फराकिलो बन्दै गए पनि मौलिकता भने हराउँदै गएको छ । तर चाडवाड अनुसारको आफ्नो संस्कृति धान्नका लागि भए पनि कलाकारहरुले गीत गाउने गरेका छन्, लेख्ने गरेका छन् । चाडपर्वकै बेलामा गीत निकाल्नेहरुको लर्को नै लागिरहेको छ भने अरु बेला चुप लागेर बस्नेहरु पनि छन् । यसै परिवेशमा नयाँ प्रतिभा संगीता मगर पनि हुन् ।
समय अनुसारको वास्तविकतालाई शब्दमार्फत पस्कँदै आएका कमल सरगम र मिना केसीको सिर्जनामा संगीताले स्वर दिएकी छन् । साहस भट्टको लयमा बजारमा आएको गीत हो यो दुःखीलाई के दसैं केको तिहार । उनीहरुले यो गीत रेकर्ड गर्दाताका जति आशा बोकेका थिए त्यो भन्दा धेरै यो गीतले सफलता पाएपछि यी सबै हौसिएका छन् । गोर्खा चौतारी म्यूजिकबाट बजारमा आएको यो गीतले कमल सरगम, मीना, साहस र संगीतलाई लोकदोहोरी क्षेत्रमा स्थापित गराएको छ ।

kulendra-kamal

दसैंको चाडसँगै चर्चा बटुल्न सफल यो गीतमा कुलेन्द्र विक र देवी घर्तीको पनि स्वर रहेको छ । नयाँ नयाँ प्रतिभाको खोजीका क्रममा यस गीतमा अर्पना लामालाई पनि अभिनयमा अवसर मिलेको छ । केही गीतमा खेल्ने अवसर पाए पनि उनले अभिनयलाई वास्तविकतामा ढाल्न नसकेको बताउने मिनाले यस गीतबाट भने धेरै आशा लिएकी छिन् । कमल सरगमले योभन्दा पहिला पनि केही गीतहरु बजारमा ल्याए तर उनले आफूलाई धेरैले ठगी गर्न खोजेको अनुभव गरे । सांगीतिक क्षेत्रमा प्रवेश गर्दा खुट्टा तान्नेहरु धेरै हुन्छन् तर बुझ्दै गएपछि कसैले पनि केही गर्न सक्दैनन् भन्ने बुझेको छु, कमलले भने ।
गरीबीको पीडाभित्र केको दसैं केको तिहार । जुनसुकै चाडवाड आओस् सदाबहार बन्छ दुःखीको जिन्दगी । त्यही वास्तविकता बोकेको गीत हो यो दुःखीलाई के दसैं केको तिहार । जहाँ समाजको यथार्थ जीवन झल्किएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु