• के कमलाले पीडितलाई निशाना बनाएर गीत गाएकी थिइन् ? आलोचना पछि मागिन् माफी

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०७९, शुक्रबार

    काठमाडौं । कमला घिमिेरे सानै उमेरमा ख्याती कमाउन सफल दोहोरी गायिका हुन् । कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद भएको छ । छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन् ।
    उमेरले भर्खर टिनएजमा प्रवेश गरेकी कमलासँग सुमनले वयस्क भावमा यो दोहोरी गाएका छन् ।
    टुक्काहरू यस्ता छन्:
    सुमन :
    मन मिले अहिले नै नजिक सरम्ला
    अठार कटेसी बिहे गरे गरम्ला
    कमला :
    जानु है बेलुकी पानी पिएर
    घुम्न जाऊँ तल्तिर १० लाख लिएर
    सुमन :
    नानीको कुराले सातो गयो नि
    दश लाखको माया त महँगो भयो नि
    कमला :
    यस्तै हो छोडिदेऊ अब संसार
    चल्न त परिगो कोही कोही अन्सार
    सुमन :
    यो तालले मायामा कहाँ फस्छु म
    द–दस लाख तिर्दिन एक्लै बस्छु म
    कमला :
    ढिला भो अब त घर जानलाई
    जाम हिँन होटल कफी खानलाई
    सुमन :
    म फस्न चाहन्न होटल धाएर
    यतै गफ गरम्ला पानी खाएर
    कमला :
    भेट्नेछु फेरि नि अब आउने दिन
    क्यामरा अन गर्छु पख एकैछिन
    सुमन :
    चिया नि कफी नि उतै खान्छु है
    पेट काट्ला जस्तो भो घर जान्छु
    कमला :
    हेर त एकचोटि मेरो आँखामा
    नदाजौं मायालाई दस–बीस लाखमा

    जब गीत सार्वजनिक भयो तब गीतको चर्चा क्रमशः बढ्दै गयो ।
    पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएको आरोप लागिरहेको छ । दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन भन्दै कमला र उक्त दोहोरीको विरोध भइरहेको छ । । खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्को चर्चा र विरोध हुँदै आएको छ ।
    यद्यपी धेरैले वास्तविकता ओकलेको भन्दै कमलाको प्रशंसा पनि गरेका छन् । तर, आलोचनाका स्वरहरू पनि उतिकै सुनिन थालेका छन् । विशेषतः संगीतकर्मीहरुको फेसबुकमा धेरै जसो उनकै विषयमा स्टाटस पोष्ट गरिएको छ ।

    सामाजिकक सन्जालमा आलोचना तिब्र भएपछि कमलाले माफी मागेकी छिन् । उनले कसैको भावनामा ठोस पू¥याउन आफूले दोहोरी नगाएको बताउँदै फेसबुकमा स्टाटस लेख्दै माफी मागेकी हुन् । उनका अनुसार पीडितको मन दुखाउने मनसाय थिएन । बुझाईमा त्यस्तो पर्न गएकोमा आफैंमा नराम्रो लागेको बताएकी छिन् । उनले आफ्ना गल्तीहरु औंल्याउन र आगामी दिनमा पनि माया गरिदिन अनुरोध गरेकी छिन् । अन्जानमा भएको यस गल्तीले आगामी दिनमा गीत गाउँदा सोचेर मात्र गाउनु पर्ने पाठ सिकेको बताएकी छिन् ।

    उनले यस विषयमा फेसबुकमा लेखेको स्टाटस यस्तो छ –

    सबैलाइ नमस्ते म हजुरको छोरी/बहिनी कमला घिमिरे ।
    सर्बप्रथम त सबैलाइ यो जानकारी गराउछु कि छहारी युट्युब च्यानलमा अपलोड भयको दोहोरी जस्लाइ अहिले विभिन्न टिकाटिप्प्ननी गरियको छ त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइयको गीत होइन तर पनि त्यो गीतलाई जसरी अहिले बुझियको छ र जुन तरिकाले हल्ला गरियको छ यो देख्दा चाहिँ म आफै पनि छक्क छु अझ बढि दुखी छु । राम्रै गरि हेरेरै हिडदा पनि त कहिले काहीँ ठेस लाग्ने गर्छ हो त्यस्तै भयो दाइ सुमन परियार सङ मैले गीत गाउदा गाउन बसियो गाउदै जादा माया पिरतिको कुरा आयो माया पिरतिको कुरा आउदा जान अन्जानमा केही त्यस्ता शब्द आय जुन कसैलाइ लक्षित गरेझै भयो, बुझाइ सकारात्मक भन्दा नकारात्मक भयो, जसरी अहिले दिदी समिक्षा अधिकारीलाइ लक्षित गरेर गीतलाइ सामाजिक सन्जालमा भाइरल गरियको छ यो कुराले दिदिलाइ पर्न गयको असर, दिदिको आत्म सम्मान मा पर्न गयको असर प्रती हृदयबाटै माफी माग्छु आफ्नै सानी बहिनी सम्झियर माफ गरिदिनुहोला आइन्दा यस्तो गल्ती हुनेछैन र अर्को कुरा जसरी अग्रज कलाकारहरुले यो गीतलाइ लियर पक्ष विपक्ष गर्दै बोल्नुभयको छ, म बाट गल्ती हुदा मलाइ सम्झाएको भय म कति खुसी हुन्थेहोला हजुरको उपदेश शिरोभार गर्थेहोला तर मन क्षेत बिक्षेत हुनेगरी लेखियो बोलियो यस्ले एक्दम दुखी बनायो खैर केही छैन अब उपरान्त गीत गाउदा एकदम ख्याल राख्नेछु, हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हटन चाहान्न, सधै हजुरहरुकै प्रिय बन्न पाउ, गीत सङीतमै रम्न पाउ, कहिकतै बिरायछु भने सल्लाह सुझाब दिदै गर्नु है र अन्तयमा फेरि पनि माफी माग्दछु ।।
    हजुरकै कमला ।।।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु