भाइरल कमलाको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक भएसँगै ट्रेण्डिङमा

म्यूजिक खबर
प्रकाशित: २७ कार्तिक २०७६, बुधबार

काठमाडौं । कमला घिमिरे अहिले चर्चामा र सबैले रुचाएको नाम हो । धादिङकी ११ बर्षिय कमला दोहोरी खेल्नमा माहिर छिन् । अहिले मेला महोत्सवमा व्यस्त बनेकी कमलाको माग निकै बढेको छ । कमलाको गीत गाउने कला र प्रस्तुतीले सबैको मन जितेकी हुन् ।

राजु परियादेखि बद्री पंगेनीसंग दोहोरी खेलेर मन जितेकी कमलाको पहिलो रेकर्डिङ गीत ‘चिया छानेको’ भर्खरैमात्रै बजारमा आएको छ । चिया छानेको, बोलीले हसाउने कति जानेको बोलको गीतमा कमलाको आफ्नै जिवनकहानी समेटिएको छ ।

शुभारम्भ डिजिटल म्यूजिक मार्फत सार्वजनिक गरिएको हो । यो समाचार तयार पार्दाको समयमा गीत सार्वजनिक भएको ९ घण्टा बित्न नपाउँदै ट्रेण्डिङको ३८ औं स्थानमा पर्न सफल भएको छ । १ घण्टा अगाडि अपलोड गरिएको ८ घण्टामा ४७ औं स्थानमा रहेको थियो । यसकारण गीतले चाँडै नै १ नं स्थान ओगट्ने संकेत गरेको छ ।

कमला र अमृत सापकोटाको आवाज रहेको गीतमा बरिष्ठ गीतकार रमेश बिजीको शब्द तथा खेम सेन्चुरीको लयसंगीतमा रहेको उक्त गीतमा नेपालका चर्चित कलाकारहरुको अभिनय तथा नृत्य रहेको छ ।

शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा चर्चित दोहोरी कलाकारहरु बद्री पंगेनी,रमेश बिजी,बिनोद बाजुराली ,खेम सेन्चुरी,अन्जली अधिकारी,शंकर बिसी,रिना थापा,करिश्मा ढकाल ,बिमल अधिकारी, मोहन खड्का,धुर्ब हिमाली ,मालती घले ,रबिना भण्डारी, एलिना रायमाझी, निलिमा ढुंगाना, सुबेक्षा नेपाल लगाएतका कलाकार संगै कमला घिमिरे र अमृत सापकोटालाई देख्न सकिन्छ । शम्भु कुंवरको प्रस्तुती रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु