कस्तो होला तिलकको कान्छिको गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ कार्तिक २०७५, बिहीबार

काठमाडौं । हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर, सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। केहि दिन अघि डिजिटल बजारमा ‘कान्छीको’ बोलको नयाँ भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्वर, संगीत र शब्द गायक तिलक बस्नेतको रहेको छ। गीतको शब्द लेख्नमा अभिसेक शाहले पनि सहयोग गरेका छन् । राजन इशानले गीतको एरेन्जमेन्ट गरेका हुन् । सुरेन्द्र बस्यालले भिडियो कोरियोग्राफी गरेका हुन भने उत्सव दहालले भिडियो छायांकन गरेका हुन् । डान्सिङ बिटको भिडियोमा मोडेल अन्जु चौलागाई संगै नयाँ मोडेल प्रकाश बलाएर र अभिसेक शाहले अभिनय गरेका छ्न। अर्जुन अधिकारीको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु