गीतकार एसपी काेइलाद्वारा टुना थापा र कपिल कसपालकाे तीन गीतकाे श्रव्यदृश्य सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०८२, आईतवार ००:५७

काठमाडौं । गायिका टुना थापा र गायक कपिल कसपालकाे स्वरमा रहेका तीन गीत सार्वजनिक भएको छ । रागरागिनी इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा पूर्व अर्थमन्त्री तथा बरिष्ठ गीतकार श्री एस. पी. कोइरालाज्यूको प्रमुख आतिथ्यतामा टुना थापाको (नेपालकी छोरी) तथा कपिल कसपालको राष्ट्रिय गीत (नेपालको छोरो) साथै कपिल कसपाल र टुना थापाको युगल गायनमा छमछम पाउजु खनखन चुरा (एक संस्कारी तीज गीत) को शङ्कर हाेटलमा एक कार्यक्रम गरि लोकार्पण गरिएको छ ।
रागरागिनी इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा भएको उक्त कार्यक्रमकाे संयाेजक समाजसेवी इ. ध्रुवराज थापाले स्वागत मन्तव्यद्वारा अतिथिलाई स्वागत गरेका थिए ।

कार्यक्रममा सार्वजनिक गरिएको गीतलाई गायिका टुना थापा र गायक कपिल कसपालले प्रत्यक्ष गाएर सुनाएका थिए । नेपालको छाेरी, नेपालको छाेराे र छमछम पाउजू खनखन चुरा गीतको भिडियो देखाइएकाे थियो ।

कार्यक्रममा संगीतका विशिष्ट व्यक्तित्वहरु दिपक जंगम, सुवाष चन्द्र ढुङ्गेल, भुपेन्द्र रायमाझी, देविका बन्दना, बिसुकुमार केसी, किरण कँडेल, राजु सिंह लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने विभिन्न संचार क्षेत्रका विशिष्ट पत्रकारहरु एवं संगीत प्रेमी तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गीतका सङ्गीतकार भुपेन्द्र रायमाझीले गीतमा सङ्गीत सिर्जना गर्दाकाे अनुभव व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कवि तथा गीतकार एसपी काेईरालाले गायक गायिकाकाे स्वरकाे प्रशंसा गर्दै बधाई ज्ञापन गरेका थिए । अब्बल सिर्जना बजारमा ल्याएको र संस्कृतिकने संरक्षणमा लाग्नुभएकोमा निरन्तरता मिलाेस् भन्ने शुभकामना दिएका थिए ।

सार्वजनिक गरिएको गीत नेपालको छाेरी र नेपालको छाेराेकाे शब्द कपिल कसपालले लेखेका हुन् भने भुपेन्द्र रायमाझीकाे सङ्गीत रहेको छ । यी दुई गीतको भिडियोलाई निशान एसकेले निर्देशन गरेका छन् भने भिडियोमा गायक गायिका आफैंले अभिनय तथा नृत्य गरेका छन् ।

त्यस्तै छमछम पाउजूलाई कपिल कसपाल र टुना थापाले लेखेका हुन् भने बीबी अनुरागीकाे सङ्गीत रहेको छ । यस गीतकाे भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् भने भिडियोमा गायिका थापा र गायक कसपालले नृत्य गरेका छन् ।

कार्यक्रमको सभापतित्व रागरागिनी इन्टरटेन्टमेन्ट प्रा. लि. का कार्यकारी निर्देशक कपिल कसपालले गरेका थिए । कार्यक्रममा समाजसेवी इ. ध्रुव राज थापालाई इन्जिनियरिङ्ग क्षेत्रमा उहाँले पुऱ्याउनु भएको अतुलनिय योगदानको लागि सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रममा गायिका तथा समाजसेवी टुना थापाले आफ्नो गीत रेकडिङ्ग तथा भिडियो निर्माणको अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा गीतको अडियो भिडियोसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुले आफ्नो विचार राखेका थिए भने गीतसँ सम्बन्धित सबैलाई सम्झना स्वरुप मायाको चिनोले सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु