‘द सोनिका शो’ का लागि सोनिकाले कपिल शर्मासँग लिइन् अन्तर्वार्ता

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

काठमाडौं । चर्चित युट्युबर सोनिका रोकाया यतिबेला भारतको मुम्बई पुगेकी छिन् । लामो समय देखि रेडियो टिभी हुँदै अहिले आफ्नै युट्यब च्यानल ‘द सोनिका शो’ चलाउँदै आएकी सोनीका मुम्बई पुगेकी हुन् ।

सोनिकाले मुम्बईमा भारतीय चर्चित कलाकार कपिल शर्मासँग भेट गरेकी छिन् । उनले कपिलसंग ‘द सोनिका शो’को लागि अन्तरवार्ता पनि लिएको जानकारी दिइन् ।

पछिल्लो समय सामाजिक कामहरुमा पनि अग्रसर हुँदै आएकी सोनीकाले अब राजनीतिक रुपमा पनि आफुलाई बलियो बनाउने सोच बनाएको बुझिएको छ ।

जानकारी अनुसार पुर्व राज परिवारसँग नजिक भएकी उनले कुन विचार धारको राजनीति गर्छिन भन्ने कुरा भने अहिलेको खुलेको छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु