• अभिनेत्री मिरुनासँग गायक करण राईको पिरतीको मुस्कान

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०८०, मंगलवार

    काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्द, देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको छ । गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

    आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । लाहुरेनी पिडा, ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् । केही महिना अगाडी लिला र करणको सहकार्यमा ‘सिमाना’ बोलको गीतपनि आइसकेको छ ।

    शानद्धरा निर्देशित म्युजिक भिडियोमा मिरुना र करण फिचर्ड छन् । फिल्मी शैलीमा तयार भएको भिडियोको प्रस्तुतीका कारण मिरुना र करणको जोडी जमेको छ । यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु