• करिश्माले लिएर आइन् ‘नेपालकी छोरी’

    म्यूजिक खबर
    प्रकाशित: ११ कार्तिक २०७५, आईतवार

    काठमाडौं । युके निवासी गीतकार करिश्मा घमको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ ।
    ‘मुटु’ एल्बममा समावेस रहेको ‘नेपालकी छोरी’ गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियो मोडल पेसला कटुवालको अभिनय देख्न सकिन्छ ।

    राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
    मुकेश हुमागाईको छायाँकन, अमृत चापागाईको सम्पादन, माला मगरको कोरियोग्राफ रहेको भिडियो विन्ध्यावासिनी म्यूजिक प्रा.लिले बजारमा ल्याएको हो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु