नयाँ फ्युजन ‘रैलाको’ साथमा कपिल र करिस्माको यस्तो धमाका (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७६, सोमबार

काठमाडौं । पछिल्लो समयमा पुरै मौलिक भन्दा पनि मौलिकतासँगै फ्युजन गरिएका गीत संगीतहरु लोकप्रिय भई रहेका छन् । नेपाली दर्शक श्रोताको यस्तो मनलाई नजिकबाट नियालि रहेका बहु प्रतिभाका धनी कपिल कुँवरले त्यस्तै प्रस्तुति लिएर आएका छन् । फ्युजन फ्लेवरमा आएको उक्त गीतको बोल ‘रैला’ रहेको छ । उक्त गीतमा कपिल कुँवकरको शब्द, संगीत तथा स्वर रहेको छ भने अराज केशवले र्याप आवाज दिएका छन् । गीतको रेकर्डिङ बिग परिवेश स्टुडियोमा गरिएको हो ।
जीवन बडु संगीत संयोजन र मिक्सिङ रहेको रैला गीतको भिडियोमा भने करिस्मा ढकाल, कपिल कुँवर र अराज केशव फिचरिङ छन् । आरोन अशोक कुमारले छायाँकन गरेको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने सम्पादन र कलर मिलन बिश्वकर्माको रहेको छ ।
सामाजिक मौलिकताको भाका अहिलेको युवा पिंढीको साँगीतिक चाहनालाई समेत मध्यनजर गरेर यो रैला गीत बजारमा ल्याईएकोले यो गीतको भिडियोले चर्चा पाउँने विस्वास आफुमा रहेको कुरा यस गीतका सर्जक कपिलले बताए

भिडियो हेर्न लिंकमा जानुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु