दुबो जस्तै हाम्रो माया भन्दै कस्तुप र एलिसा

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

काठमाडौं । सुप्रसिद्ध गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘दुबो जस्तै हाम्रो माया’ सार्वजनिक भएको छ । गीतमा पन्तको शब्द तथा सङ्गीत प्रशान्त पौडेलको शब्द तथा सङ्गीत ख्यातीप्राप्त गीतकार कस्तुप पन्तको रहेको छ । विशाल निरौलाको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको छ ।

बिनोद बमको निर्देशन रहेको गीतको भिडियोमा कस्तुप पन्त र एलिसा बास्तोलालाई फिचरिङ गरिएको छ। मुकेश हुमाँगाईंको छयाँकन रहेको भिडियोलाई बिनोद बमले नै सम्पादन गरेका हुन् ।

सारथी म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीतको भिडियोलाई कस्तुप पन्त युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु