ईतिहासमै सबै भन्द बढि धनराशि पुरस्कार राखिएको काँठे लोक दोहोरी प्रतियोगिताको उपाधि प्रदिप र कल्पनालाई

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीताको उपाधी सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडिले जितेको छ । “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नारा लिएर डि.ए.आर मुभिजको आयोजनामा काठमाडौंको टुडिखेलमा फाल्गुण १६ गते देखि २० गते सम्म भएको प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव अन्तर्गतको प्रतियोगीतामा गोर्खाकि बबिता बाँनिया (जेरी) र विजय बाँनियाको जोडिले फाईनलमा प्रदिप रोक्का र कल्पना दाहालको जोडिसँग प्रतिस्पर्धा गरेको थियो ।

जित सँगै विजेता प्रदिप र कल्पनाको टिमले तिन लाख नगद पुरस्कार सहित, एउटा गीत रेर्कड गर्ने पाउने छन् । उपविजेता समुह बबितिा बाँनिया र विजय बाँनियाले नगद दुई लाख सहित, एउटा गीत रेर्कड गर्न पाउने छन् ।

तेस्रो र चौथो नतिजाका लागी प्रतिस्पर्धामा उत्रेको दिलीप थापामगर र टिकामाया फ्याली राष्ट्रिय लोक दोहोरी प्रतिष्ठिान कोटेश्वर बानेश्वर को जोडि सँग नुवाकोटका भगवान कार्कि र सर्लाहिकी मिरा रायमाझिको जोडि बिच भएको खेल बराबरी भएको थियो । दुवै टिमले नगद पचहत्तर हजार पुरस्कार सहित एक एक वटा गीत रेर्कड गर्न अवसर पाउने छन् । प्रतियोगीताको उत्कृष्ट गायीका तारा थापा (बाग्लुङ), प्रतिमा अर्याल (मकवानपुर) र मिना नेपाल (ओखलढुंगा) ले पाएका छन् भने उत्कृष्ट गाएकको उपाधि शेर बहादुर के।सी (नुवाकोट) ले पाएका छन् । उदयीमान गायीकाको उपाधि मनिषा कुमारी रावल (अछाम) ले प्राप्त गरेकी छिन् ।
प्रतियोगीतमा कुल चौहत्तर समुहले प्रतिस्पर्धा गरेको प्रतियोगीता संयोजक सरोज लामिछानेले बताए । प्रतियोगीताको निर्णायक संयोजक नवराज घोरासैने, निर्णायक मण्डलको अध्यक्ष सिता थापा, अम्बर बिरहि गुरुङ, घमेश दुलाल, हरि थापा, केशव चौलागाई, रेशम थापा रहेका थिए । अतिथी निर्णायक तथा जुरी को रुपमा भिमशेन खतिवडा, मिना मैयाँ थापा, उमा श्रेष्ठ र अमृत खाति रहेको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा माईतिघर मण्डलाबाट छब्विस जिल्लाले सहभागिता जनाएका थिए । कार्यक्रममा काँठे क्षेत्रको लोक गीत संगीतमा योगदान पुराएका अग्रज देखि नव कलाकारहरुलाई विविध सम्मान गरिएको थियो । जसमा पुराना सर्जक कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, टंक के.सी, हरि बहादुर राउत, गोविन्द दुलाल, केशव चौलागाई, नवराज घोरासैने, कल्याण कुमार कार्कि, तिर्थ कुमारी थापा, मिरा थापा, धुव्रराज खड्का, शिवनारायण जोशि, नविन ढुंगेल, महेन्द्र तिमल्सिना, ईन्दिरा गुरुङ, घमेश दुलाल, रेशम थापा, हरि थापा, सिता थापा, भोजराज काफ्ले, गितादेवी, पार्वति कार्कि, मिना मैँया थापा, गोकुल राउत, शारदा घिमिरे, कान्छि काँठे लोक गायीका आयुषा गौतम, अमृत सापकोटालाई सम्मान गरिएको थियो । पुर्व कानुमन्त्रि शेर बहादुर तामाङले श्रष्टालाई सम्मान गर्नु भएको थियो ।

दिवंगत श्रष्टा सम्मान अन्तर्गत बुद्दिकृष्ण लामिछाने, कृष्ण विक्रम थापा, भगवती दंगाल र लाल बहादुर खातिलाई प्रदान गरिएको थियो ।

विविध विधामा गरिएको सम्मानमा पत्रकार फूलमान बल, ऋषि धमला, कृष्ण कँडेल, कृष्ण कट्टेल, अशोक धिताल, शन्देश कुमार खड्का, चन्द्रमणि गौतम, राजु बोहरा, कमल सरगमलाई सम्मान गरिएको थियो ।

मेलापातमा झुन्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसेकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज सम्रग लोक सांगीतीक क्षेत्रले विर्सिएको छ, त्यसलाई विश्व सामु उजागर गराउने, नेपाल सरकारको योजना पर्यटन भ्रमण वर्ष २०२० को पर्वद्धन गर्ने, काँठ क्षेत्रमा रहेको एतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाध्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगाएतको प्रवद्धन गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण प्रोत्साहन गर्ने तथा ति कुरालाई विश्व सामु उजागर गराउने उद्देश्य सहित प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ आयोजना गरिएको संरक्षक तथा डिएआर मुभिज एण्ड फिल्म ईन्डिस्ट्रिज प्रा।लि।का प्रभावनजेले बताए ।
काठमाडौं आसपासका २६ जिल्लालाई काँठ क्षेत्र भनि चिनिएको त्यस भित्र लुकेर रहेका परिचयात्मक, ऐतिहाँसिक, साँस्कृतिक विधिन्न धरोहर छन् । जस मध्ये काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगाएतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गरेको कार्यक्रम परिकल्पनाकार लोक दोहोरी गायक तथा सर्जक माधव थापाले बताउनुभयो ।

राष्ट्रिय काठे लोकदोहारी महोत्सवका साथमा प्रतियोगीताले आगामि दिनपनि निरन्तरता पाउने र थप कार्यक्रमहरु गर्दै जाने डि.ए.आर. मुभिज एण्ड फिल्मस ईण्डष्ट्रिजका राजाराम गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु