• राजेश हमालको नेतृत्वमा अमेरिकामा खुल्यो ‘काठमाडौं समाज’

    म्यूजिक खबर
    प्रकाशित: २ आश्विन २०८०, मंगलवार
    Kathmandu Samaj USA Rajesh Hamal

    अमेरिका । गायक तथा संगीतकार राजेश हमालको नेतृत्वमा अमेरिकामा ‘काठमाडौं समाज यु.एस.एस. इन्क’को स्थापना भएको छ । मेरिकाको न्यूयोर्क शहरमा स्थापना भएको ‘काठमाडौं समाज यु.एस.एस. इन्क’को कार्यालय रहने गरी स्थापना भएको हो । अमेरिकामा बसोबास गर्दै आएका काठमाडौंबासीहरुको साझा थलोको रुपमा स्थापना भएको यो संस्था समग्र नेपालीहरुको हितमा काम गर्ने उद्देश्यका साथ अगाडी बढेको गायक राजेश हमालले जानकारी गराए ।
    ‘काठमाडौं समाज यु.एस.एस. इन्क’को उपाध्यक्षमा पेमा छेवाङ शेर्पा, सूर्य सिंखडा र अमृत पाण्डे रहेका छन् । त्यस्तै इन्ता कार्की सचिव, निरन प्रजापति सहसचिव र भुवन खत्री कोषाध्यक्ष रहेका छन् ।
    ‘काठमाडौं समाज यु.एस.एस. इन्क’को वरिष्ठ सल्लाहकार समितिमा मोहन वाइवा, नवराज केसी, ओम विक्रम विष्ट र पशुपति श्रेष्ठ रहेका छन् ।
    संस्थाको स्थापना भएपछि अध्यक्षको हैसियतबाट गायक राजेश हमालले अमेरिकामा संभवत काठमाडौं समाज स्थापना भएको यो पहिलो भएको बताउँदै अमेरिकामा काठमाडौं समाजलाई सवैको साथ र सहयोग हुने अपेक्षा व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु