• सामाजिक परिवेशमा सिर्जित ‘कौवा करायो’

    म्यूजिक खबर
    प्रकाशित: २५ बैशाख २०७९, आईतवार
    Ramesh Dahal

    काठमाडौं । गीतकार रमेश दाहालको शब्दमा समावेश नयाँ म्युजिक भिडियो ‘कौवा करायो’ सार्वजनिक गरिएको छ।
    यस गीतमा भ्वाइस अफ नेपाल फेम्ड गायिका सुरक्षा सेन्चुरीको स्वर छ। गीतको संगीत टीका दाहालले गरेका छन् भने सन्देश परियारको संगीत संयोजन रहेको छ ।

    गीतकार दाहालले सामाजिक परिवेशलाई समावेश गर्दै गीतको शब्दहरु सिर्जना गरेका छन् । परदेश गएको श्रीमान र घरमा रहेकी श्रीमतीको सामाजिक तथा पारिवारिक परिवेश गीतमा झल्किएको छ ।

    गीतको म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने देखाइएको छ। भिडियोमा विकास लामिछाने र सन्ध्या बुढा (काउली बूढी) नवविवाहित दम्पती पात्रका रुपमा फिचर्ड छन्।

    हजुरआमाले नातिनीलाई आफ्नो समयमा कसरी सन्देश प्राप्त गरिन्थ्यो भन्ने कुरा रोचक ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ।
    बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा दिनसन शाहको सम्पादन छ। केशवराज भट्टको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो।
    भिडियोलाई ‘टिका दाहाल म्युजिक’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु