चलचित्र ‘छ माया छपक्कै’को औपचारिक घोषणा

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७६, मंगलवार

राजधानीको होटल सोल्टीमा एक कार्यक्रमकाबीच चलचित्र ‘छ माया छपक्कै’ औपचारिक घोषणा गरिएको छ । दीपेन्द्र लामाको निर्देशनमा यो चलचित्रको घोषणा कार्यक्रममा अभिनेत्री केकी अधिकारी, कलाकार दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । चलचित्रको मुल कथा प्रट्याइएको थियो । चलचित्रले शहरमा हुर्किएकी एक युवती र एक सोझो अर्धबैशे पुरुषबीचको प्रेमकथा प्रस्तुत गर्ने छ । चलचित्रमा दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेको र  केकी र दीपकराजको जोडी बाँधिएको छ । केदार र जितुको  प्रमुख भूमिका रहनेछ ।

बाँकी कलाकार केही दिनमा छनोट हुने निर्देशकले जानकारी गराएका छन् । चलचित्रमा रोहित अधिकारी निर्माता रहेका छन् । जितु र केदार चलचित्रका कार्यकारी निर्माता हुन् ।यो  चलचित्रमा हरि हुमागाइँको छायाँकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको सङ्गीत कविराज गहतराजको कोरियोग्राफी विपिन मल्लको सम्पादन रहने छ । दीपकराजको पटकथा संवादमा रहने चलचित्रमा दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् संवादमा । चलचित्र दशैंमा प्रदर्शनमा आउने र पुरानै टिम दोहोरिएको भएता पनि चलचित्रको कथा फरक रहेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु