• चलचित्र ‘रातो गलबन्दी’को फष्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक

    म्यूजिक खबर
    प्रकाशित: २९ असार २०७६, आईतवार

    चलचित्र ‘रातो गलबन्दी’ को फस्र्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ । समाजीक प्रेमकथामा निर्माण गरिएको चलचित्र ‘साउन १७ गते प्रदर्शन आउने भएको छ । चलचित्रमा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । अनिश थापाको निर्देशनमा बनेको चलचित्रको पोष्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको चलचित्रको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने सङ्गीत बिनोद खुम्बुले सृजेका हुन ।
    मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको चलचित्रको सहनिर्माता बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त चलचित्र भएको बताउछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु