चलचित्र ‘रातो गलबन्दी’ र ‘न यता न उता’ सिनेमाघरमा

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार

साउन १७ देखी देशभरका सिनेमाघरमा चलचित्र रातो गलबन्दी’ र ‘न यता न उता’ प्रदर्शनमा आएका छन् । प्रेम कथामा निर्माण भएको चलचित्र ‘रातो गलबन्दी’ लाई अनिष थापाले निर्देशन गरेका हुन् । यो चलचित्रमा केकी अधिकारी, बुद्दि तामाङ, कोशिश क्षेत्री, अर्जुन गुरुङ, हेमन्त बुढाथोकी, सम्राट थापालगायतको मुख्य भूमिका छ । त्यस्तै चलचित्र न यता न उता’लाई मिराज रोश र विशारद बस्नेतले निर्देशन गरेका छन् । सिनेमामा मिराजका साथमा समिरमणी दीक्षित, ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु