हिजो मेहन्दी उत्सव मनाएका अभिनेत्री केकी र व्यवसायी रोहित आज विवाह गर्दै

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले हिजो (बुधबार) दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनले विवाह भने आज हुँदैछ । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गर्न लागेकी हुन् ।
नायिका केकी अधिकारीले बुधबार गुपचुपरुपमा ‘हाम्रो बजार’को सिईओसँग विवाह गरेकी छन् ।

लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै उनले रोहित तिवारी सँग लगन गाँठो कसेकी हुन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।

रोहित पेसाले एक व्यवसायी हुन् । अनलाइन सपिङ प्लाटफर्म हाम्रो बजार डटकमको प्रमुख कार्यकारी अधिकृत हुन् ।

तिवारी चर्चित अनलाइन फुड डेलिभरी कम्पनी फुडमारीयोका संस्थापक पनि हुन्। केकीका समकालिन अभिनेत्रीहरु विवाह बन्धनमा बाधिइसकेका छन् । केकी नेपाली सिने क्षेत्रमा संस्कारी नायिकको रुपमा परिचित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु