अभिनेत्री केकीले गरिन् सुटुक्क बिहे

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७९, बुधबार

काठमाडौं । लोकप्रिय अभिनेत्री केकी अधिकारीले सुट्क्क बिहे गरेको खबर बाहिरिएको छ । धमाधम नेपाली चलचित्रका नायिकाहरुले बिहे गर्न थालेपछि पछिल्लो समय केकी दबाबमा परेकी थिइन् ।

कसको बिहे हेर्न चाहनुहुन्छ भन्दा अधिकांश सेलिब्रिटीले केकीको बिहे हेर्न मन भएको उनकै अगाडि जवाफ दिने गरेका छन् । समकालिन नायिकाहरुको बिहे भइसक्नु र आफ्नो बिहेका लागि सुझाव आउँनुले पनि उनी बिहेका लागि दबाब महशुष गरिरहेकी थिइन् ।

बुझिए अनुसार उनी आज भोलि नै बिहे बन्धनमा बाधीदै छिन् सिने क्षेत्रमा हल्ला चले अनुसार उनी एक युवकको प्रेममा छिन् नाम नखुलेता पनि ती युवक केकी भन्दा उमेरले कान्छा छन् ।

केकी निकट एक अभिनेत्रीले पनि केकी पहिल्यैदेखि आफ्नो विवाह गोप्य तरिकाले गर्ने चाहना व्यक्त गर्थिन् । भोलिपल्ट फोटो आएपछि थाहा भयो भने पनि चित्त नदुखाउनु भन्थिन् । यदि आजै विवाह हुन लागेको हो भने भोलि फोटो आइहाल्छ । त्यतिन्जेल प्रतीक्षा गर्नुस् ।’- भनेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु