केकी अभिनित रानीको ‘सुनसान मन’ चर्चामा

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

काठमाडौं । गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ अहिले चर्चामा छ । राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको गीतले दिन प्रतिदिन चर्चा कमाउन सफल भएको छ।

गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । केकी भिडियोमा निकै फरक तवरले प्रस्तुत भएकी छन् । कोरोनाको कहरमा अग्रपङ्तिमा काम भर्ने स्वस्थ्यकर्मीको कथा व्यक्त गरेको गीत माथि भिडियो निर्माण गर्ने काम भने फिल्मका निर्देशक मदन घिमिरेले गरेका हुन् । भिडियोमा केकीले अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मीको जिम्बेवारी र उनको मनका भावना अभिनय मार्फत ब्यक्त गरेकी छन् ।

थुपै्र फिल्म निर्देशक गरेका घिमिरे पछिल्लो समय भिडियो निर्देशनमा समेत ब्यस्त रहदै आएका छन् ।
काठमाण्डौ, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायाँकन रामेश्र्वर हुमागाई, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का ,ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु