• केशव पौडेलको ‘धोका दिएर नछाड’

    म्यूजिक खबर
    प्रकाशित: २५ श्रावण २०७८, सोमबार

    काठमाडौं । गीतकार, संगीतकार एवं गायक केशव पौडेलको गीत ‘धोका दिएर नछाड’ सार्वजनिक भएको छ । पेशाले शिक्षण पेशामा लामो समय बिताएका पौडेलले आफ्नो जीवनको यात्रामा संगीतको पाटोलाई भने यतिबेला समाएका हुन् । शिक्षण पेशाबाट धेरैलाई उज्यालो शिक्षा दिइसके पनि जिन्दगीको पाटोमा गीतसंगीतबाट आफ्ना मनका वेदनाहरु भने यतिबेला गीतबाट पोख्न थालेका छन् ।

    ‘धोका दिएर नछाड’ गीत मायाप्रेमको गहिराईमा उतारचढावसँगै बगेको पाइन्छ । विमल बुढाथोकीको संगीत संयोजन रहेको यस गीतमा गायक केशव पौडेलले शब्द तथा संगीत भरेका छन् । गोविन्द सोनीको मिक्सिङ रहेको यस गीतलाई जेनेरिक स्टुडियोमा रेकर्ड गरिएको हो ।
    यस गीतको म्यूजिक भिडियोलाई रोहित लाम्गादेले निर्देशन गरेका छन् भने सुवास लिम्बुले छायाँकन तथा सम्पादन गरेका छन् । रेखा पौडेल निर्माता रहेको यस गीतमा गायक केशव पौडेल आफैं प्रस्तुत भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु