केतनको स्वरमा वियोगान्त गीत ‘छाडी गयौ’

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । नेपाली चलचित्रमा पार्श्व गायन मार्फत दर्शक स्रोताको मन जितेका गायक केतन क्षेत्रीको स्वरमा रहेको नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको रहेको छ भने सुभाष भुषालले यस गीतलाई संगीत संगीतवद्द गरेका हुन्। गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रंजित पौडेल र गीता ढुंगाना फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। रेशम बुढाथोकी सहायक निर्देशक रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। तारा लोहनी रसाइली निर्मात्री रहेको म्युजिक भिडियोलाई भवी लाल गोल्ड हाउसको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु