• खेम, रमिला र नेत्रको सहकार्यमा ‘जाम हिन मेरो घर’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २१ माघ २०८१, सोमबार

    काठमाडौं । लोकप्रिय गायक खेम सेन्चुरी र गायिका रमिला बुढा मगरको स्वरमा ‘जाम हिन मेरो घर’ बोलको गीत सार्वजनिक भएको छ ।

    लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द रहेको गीतमा संगीत समेत खेमले नै गरेका हुन् । श्यामश्वेत रसाईलीले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेको गीतका रेकर्डिष्ट गोबिन्द अनेक हुन् ।

    बाल्यपनका अनुभुतीलाई जोडेर युवा अवस्थामा भएको मायाप्रेमलाई गीतमा प्रस्तुत गरिएको छ । बिनोद भण्डारीको निर्देशनमा तयार भएको भिडियोमा र आरूसी मगर र बिनोद भण्डारीको नृत्य तथा अभिनय रहेको छ ।

    नवराज उप्रेतीले छाँयाङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई रमिला बुढा मगर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु