खुमन र रमिला न्यौपानेको ‘बाडुल्की’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार

बाबुराम बोहोराको शब्दमा खुमन अधिकारी र रमिला न्यौपानेको स्वरमा रहेको लोकदोहोरी गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । गीतमा विक्रम परियार, रिषि खड्का, आकाश गौतम, प्रदिप पाण्डे, सान्ता परियार, स्मृति साही, पुष्पा बोहोरा र सर्मिला विश्वकर्माको समुह स्वर रहेको छ । खुमन अधिकारीको सङ्गीत र आशिष अबिरलको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी गरेका छन । भिडियोमा खुमन अधिकारी र अनु पराजुलीलाई फिचर्ड गरिएको छ । राजेश घिमिरको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु