‘यही कुरा साँचो हो’ मा प्रिन्स र खुस्बुको रोमान्स

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७९, आईतवार

काठमाडौं । नेपाल आइडल सिजन २ का बिजेता रवि ओड र गायिका अस्मिता परियारको स्वरमा नया गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ । गीतमा माधव तिम्सिनाको शब्द रहेको छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ ।

गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्मा फिचर्ड भएका छन् । उनीहरू दुईको प्रेम भावलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा राम कुमार केसीको छायांकन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ । गीतको म्युजिक भिडियो रबि ओडको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु