किरण र मेलिनाको स्वर र अभिनय रहेको गीत ‘तिमीलाई नै’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

काठमाडौं । गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल आवाजमा नयाँ गीत ‘तिमीलाई नै’ सार्वजनिक भएको छ । घन थापाको शब्दमा बनेको गीतको म्युजिक भिडियोमा गायक किरण भुजेल र गायिका मेलिना मैनाली अफैले अभिनय समेत गरेका छन् ।

गीतमा दिपकराज विश्वकर्माले संगीत भर्ने काम गरेका छन् भने मिक्सीङ् र अरेन्जको काम पनि उनी आफैले गरेका छन् । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा र व्यस्त रहने गायकका रुपमा किरण भुजेल रहेका छन् ।

नेपाली गायन रियालिटी सो नेपाल आईडलबाट निकै चर्चामा आएका गायक किरण भुजेलले आफ्नो धेरै जसो गीतहरुको भिडियोमा आफै नै अभिनय गर्ने गर्छन् । यता गायिका मेलिना मैनाली भने नेपाली गायन रियालिटी सो द भ्वाईस अफ् नेपाल बाट चर्चामा आएकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु