किरणको स्वर, अर्जुनको शब्द ,संगीत र निर्देशनमा ‘कुनै दिन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का विजेता किरण गजमेरको स्वरमा ‘कुनै दिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतका संगीत संयोजनक भने माहराज थापा हुन् । मिक्सिङ तथा मास्टरिङ नरेश बिबिसीले गरेका हुन् । भने रेकर्डिस्ट नारायण आचार्य हुन् ।

अर्जुन पोखरेलकै निर्देशनमा तयार भएको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ । विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटनाक्रम भिडियोमा देखाइएको छ ।

भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय रहेको छ । माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको ‘कुनै दिन’ को भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी ,शिलन लम्सालको सम्पादन तथा कलर ग्रेडीङ रहेको छ । गीतलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु