मौलिक लोकदोहोरी गीत ‘दिल भित्र’(भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट गीत संगीतहरु आइरहेको अवस्थामा बहुप्रतिभाशाली गायक किरण केसी र गायिका अस्मिता चौलागाईँको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत ‘दिल भित्र’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेकोे छ । मायालु जोडीको प्रेमको भावहरु गीतमा समेटिएको छ ।

आफनी मायालुको चित्र मनमा भएको कुरा लाई गीतमा समेटिएको छ । आफनी मायालुलाई टाडा नहुनको लागी गायकले आग्रह गरेका छन । उक्त गीतको भिडियालाई विक्रम चौहानले निर्देशन, गरेका छन् भने प्रकाश खड्काको छायाँकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ । सोही गीतको भिडियोमा राजु विरही र अनु पराजुलीको अभिनय तथा नृत्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु