‘रेस’ को ट्रेलर सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार

चलचित्र प्रदर्शन मिति नजिकिदै जादा ‘रेस’को ट्रेलर र सार्वजनिक गरिएको छ । यही जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्रमा किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ । चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व तथा हस्त लिबांग, बिशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बुलगायतको संयुक्त लगानी रहेको छ । माता पाथिभरा फिल्मस् प्रा.लि. को प्रस्तुतिको चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु