गीतकार किरण टी लिम्बुको ‘भावनाका फूलहरु ३’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार

काठमाडौ । गीतकार किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ सार्वजनिक गरिएको छ । राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा शुक्रबार एक कार्यक्रमबीच गीति एल्बम ‘भावनाका फूलहरु ३’ सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाकाे सभापतित्वमा भएका बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा बरिष्ठ सङ्गीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, मेजर काजीमान लिम्बुलगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
एल्बम माथि समिक्षा गर्दै वरिष्ठ संगीतकार गणेश रसिकले भूगाेल र माटो सुहाउँदो गीत संगीत सिर्जना भएकाे बताएका थिए । त्यस्तै प्रमुख अतिथि गीतकार राजेन्द्र थापाले पल्टनकाे मान्छे कडा हुन्छ भन्ने भ्रम हाे किनकि पल्टनेहरुकाे पनि काेमल मन छ, परिवार छ, त्यसैले त समाज अनुसार चल्न सक्छ भन्दै किरण टी लिम्बू पक्कै पनि लाेक सुहाउँदो गीतकार बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमकाे समापन गर्दै अायाेजक संस्था गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले गीतले समाजमा मनाेरञ्जन मात्र नभएर चेतना समेत फैलाउने हुँदा गीतमा लाेकलयले प्राथमिकता पाउने बताए ।

कार्यक्रममा एल्बममा संलग्न सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । गीतकार सङ्घले आयोजना गरेको कार्यक्रमको सहजीकरण सङ्घका महासचिव वसन्त वित्यासी थापाले गरेका थिए भने स्वागत मन्तब्य सङ्घका उपाध्यक्ष शुभ मुकारुङले राखेका थिए ।

एल्बममा ‘अलि अलि हास्दै’ ‘सम्झना साथमा’ ‘छोएर गयो’ ‘यो आँखाले’ र ‘दुईलाई गुणा गर्दा‘’ जस्ता पाँच वटा गीत समावेस गरिएको छ । एल्बममा रहेको ‘छोएर गयो‘’ गीतमा दीपा लामा र बलराम समालले अलग अलग स्वर दिएका छन् । अन्य गीतमा अनु चौधरी, राजेश पायल राई, दिपक लिम्बु र उत्तमजंग लिम्बु लावतीको स्वर रहेको छ । एल्बम विमोचन पछि अतिथिहरुले मन्तब्यका क्रममा एल्बममा रहेका गीत मधुर र कणप्रिय रहेको भन्दै सर्जक किरण टी लिम्बूलाई बधाई तथा शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु