
परदेशी जीवन विताई रहेकाहरुको मनोभावमा रहेको गीत हुलाकीले ल्याइदियो खबरको म्युजिक भिडियो यतिबेला चर्चामा छ।
हुलाकीले ल्याई दियो मायाको खबर उडी जान लाग्यो रहर , परदेशमा बस्न त थिएन बिचार बाध्यताले बाध्यो हजुर मिठो गीतलाई किरण भण्डारीले रचना गरेका हुन्। उनि अष्ट्रेलियामा रहेर नेपाली गीत संगीत सृजना गरिरहेका छन्। यसै गरि गायक बिष्णुहरि पौडेलले यस गीतलाई गाएका छन्। गीतको शब्द र लयले जो कोहि परदेशी भूमिमा कर्म गरिरहेकाहरुको मनको ब्यथा पोखेको देखिन्छ।
कलाकारहरु करिश्मा र सुमनको अभिनयले अझै यस गीतलाई निखार दिएको छ भने बुद्ध थापाले नेपालमा र किरण भण्डारीले अष्ट्रेलियामा यसलाई छायांकन गरेका छन्।
म्युजिक भिडियोलाई ओएसआर डिजिटलले अफिसियल रुपमा सार्वजनिक गरेको छ।