• गायिका किशु गुरुङको आवाजमा ‘ सोल्टिनी ज्यु’ भिडियो सहित ।

    म्यूजिक खबर
    प्रकाशित: ११ जेष्ठ २०७६, शनिबार

    काठमान्डाँै , जेष्ठ १० ।
    पुर्वेली लोक गीत संगीतको विकाशमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको आवाजमा मौलिक पुर्वेली गीत बजारमा आएको हो । सार्वजनिक गीतमा मौलिक बाजा र संस्कृति झल्कने लोक लयलाई टप्पकै टिपिएको छ ।

    संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत ‘ सोल्टिनी ज्यु’ गीतको भिडियो बजारमा आएको छ ।

    दिल दिवाना राईको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको राईले बताए ।

    नवराज उप्रेतिको छायाँकन , अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ सोल्टिनी ज्यु’ गीतको भिडियोमा मरिष्का पोखरेल , उमेश राईको अभिनय तथा नृत्य रहेको छ ।
    ‘ सोल्टिनी ज्यु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु