चर्चामा ‘वली सिस्टर्स’को ‘आउ दिदी बहिनी हो’ ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २२ असार २०७५, शुक्रबार

असार २२, काठमाडौं । राष्ट्रिय सभा सदस्य गायिका कोमल वलीको यो वर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ । यो गीत चाहिँ उनले बहिनी प्रज्ञा वली ‘शरद’सँग मिलेर गाएकी हुन् ।

युट्युबमा रिलिज गरिएको ‘आउ दिदी बहिनी हो’ बोलको गीतमा वलीका दिदीबहिनी छमछमी नाचेका छन् ।

यसअघि यी दिदीबहिनी मिलेर तिज गीत ‘म त नाच्दिनँ क्यारे’ बजारमा ल्याएका थिए । यो गीत मौलिक छ, हामीले गीतमा हाम्रा मौलिक परम्परालाई प्राथमिकता दिएका छौँ ।’ वलीले यसपछि पनि यो तिजसम्ममा ६ गीत आउने बताइन् ।

सार्वजनिक ‘वली सिस्टर्स’ले गाएको गीतका शब्द एकनारायण भण्डारीले संकलन गरेका हुन् । यसको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशन तथा राजेश घिमिरेको छायांकनमा तयार भएको हो ।

वलीको गीतः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु