• छोरा भन्दा कम उमेरको मेक्समले ‘बिन्ती कोमल बनिदेउन मेरै श्रीमती’ भनेपछि कोमलको जवाफ ?

    म्यूजिक खबर
    प्रकाशित: २९ पुष २०७६, मंगलवार ०६:१३

    काठमाडौं । प्रतिभाशाली गायक मेक्सम खाती गायिका एवं राष्ट्रिय सभा सभासद कोमल वलीको एकतर्फी प्रेममा परेको खुलासा भएको छ । छोरा भन्दा पनि कम उमेरका मेक्सम आफु सानो अत्यन्तै सानो छँदादेखी नै कोमल वलीको फ्यान भएको र प्रेममा डुबेको बताएका छन् ।
    कोमललाई मेक्सम भन्छन् – रेडियोमा तिम्रा गीत कति सुने कति, बिन्ती कोमल बनिदेउन मेरै श्रीमती
    लौन कोमल ओली, मलाई साह्रै मन पर्छ तिम्रो मिठो बोली, भन्छ्यौ भने लेराउछु पन्चेबाजा डोली ।
    यदि समयमै विवाह गरेको भए नाती भन्न सुहाउने उमेरको युवाले यस्तो प्रस्ताव राखेको सुन्दा छक्क पर्दै गायिका एवं सभासद वलीले भने यस्तो भन्छिन् –
    घर गएर झोला बोकी स्कुल जाउँ खुरुक्क, फुच्चे केटो किन गर्छ बुरुक्क, बुरुक्कलौल मेक्सम खाती, भोभो दुख नगर मलाई यसै जाती, छारोको झैं उमेर छ भन्न खोज्छौ साथी

    यो सबै वास्तविकता भने होइन । मेक्सम हुन् त कोमलको फ्यान त हुन् तर प्रेमीरुपका फ्यान भने होइनन् । यो सबै वार्तालाप गीतमा समेटिएका शब्द मात्र हुन् । यस्तै शब्द समेटेर भर्खरै गायक मेक्सम खाती, नरेश खातीको ‘लौन कोमल ओली लौन मेक्सम खाती’ बोलको गीत सार्वजनिक भएको छ ।

    गीतमा खातीसंगै राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल ओलीकोपनि आवाज रहेको छ । नरेश खाती र मेक्सम खाती लोकदोहोरी क्षेत्रमा सबैले रुचाएको र चर्चित नाम हो । नरेशको शब्द र मेक्समको आवाजमा जतिपनि गीतहरु बजारमा आईरहेका छन् ती सबै गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाएका छन् ।

    खातीद्वयसहोदर दाजुभाई हुन् । यो गीतमापनि नरेशको शब्द तथा संगीत रहेको छ भने मेक्सम र कोमल ओलीको आवाज रहेको छ भने गायक स्वयम् मेक्सम, नरेश र गायिका कोमलको अभिनय रहेको छ ।

    गीतमा गायक नरेशले कोमललाई सानैदेखि मन पराएको उनैलाई पाउने सपना बुनेको भावलाई समेटिएको छ भने संगै कोमलले सानै रहेको भन्दै सम्झईरहेकी छिन् । गीत गायक स्वयं खातीको अफिसियल युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको छ । गीतले दर्शकश्रोताको मन जित्न सफल रहोस हाम्रो शुभकामना ।
    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु