तीजको मौलिकता जोगाउँदै कोपिला र जानु, भिडियोमा अन्जली र टिकाको ठुम्का

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०८०, मंगलवार

काठमाडौं । यो वर्षको तीज पर्व नजिकिएसँगै कलाकारका युट्युबमा पनि पछिल्लो सामाग्रीमा तीजगीत नै भेटिन्छन् । तीजगीत भन्ने बितिकै तीज पर्वका अवसरमा महिलालाई केन्द्रमा राखेर मूलतः महिलाद्वारा गाइने गीत हो । यस्ता गीतमा महिलाका इच्छा–आकांक्षा र अनुभव अभिव्यक्त हुन्छन् । वा भनौं हुनैपर्छ । तर बजारमा आएका अधिकांश गीत हेर्दा सुन्दा दोहोरी गीत भेटिएका छन् । तीजको वास्तविक मर्म समावेश गरिएका गीत कमै छन् । तर, सबै त्यस्ता पनि छैनन् तीजको संस्कृती र मर्मलाई जीवन्त राखिएका केहि गीत पनि सार्वजनिक भएका छन् ।

गायिका कोपिला गौतमको स्वर रहेको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तीजै आयो लैबरी लै’ बोलको यस गीतबाट नव गायिका पनि भित्रीएकी छन् – जसको नाम हो जानु कुवँर । गीतमा जानुले कोपिलालाई गायनमा साथ दिएकी छन् ।

लोकराज अधिकारीको शब्दमा गोबिन्द मधुर आचार्यको सङ्गीत तथा सङ्गीत संयोजन रहेको नेपाली मौलिक यो तीज गीतले महिलाहरूले पर्व तीजलाई बिसुद्द रूपमा नेपालीपनको झल्को दिने काम गरेको छ ।
तीजको नाममा भित्रिएको बिसङती र विकृतिलाई केही हद सम्म नेपाली मौलिक परम्परा थेग्न सफल यो गीतले नेपाली संस्कृतिको जगेर्ना गर्न सफल देखिएको छ । गीतमा सुनको महंगी, स्वार्थी आफन्त, बालापन, माइतीको सम्झना लगायत समसमायिक महिलाका भोगाई अवस्थालाई उनिएको छ ।

म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिष्ट बिमल मगर हुन् भने कृष्ण पुनले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

कोपिला गौतम, लोकराज अधिकारी र गोबिन्द मधुरको पहिले देखि नै तीज गीतको सहकार्य यस पटक पनि प्रशंसा लायक छ ।

गीतमा लोकप्रिय मोडल अन्जली अधिकारी र टिका जैसीको आकर्षक नृत्य देख्न सकिन्छ । बिक्रम चौहानको निर्देशन तथा नृत्य निर्देशन गरेको भिडियोलाई राम केसीको टिमले छायांकन गरेको हो ।
गायिका कोपिला गौतमकै अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको गीतको भिडियो सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु