तर्किएर जानेलाई फर्किएरु हेर्नै नपरोस् भन्दै आए मन्जु, तुलसा र कृष्ण

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०८२, आईतवार १६:४२

काठमाडौं । साउन मैनाको दोस्रो हप्ता कटिसक्दा नेपाली सांगीतिक बजार तीजमय भैसकेको छ । हरेक दिन कैयौं तीज कोशेलीहरु सांगीतिक बजारमा अडियो, भिडियो सहित दर्शक, श्रोतामाझ पस्किन पछिल्लो समय सर्जक गायक गायिकालाई भ्याइनभ्याई छ । यसैक्रममा गायक कृष्ण भट्टराईले पनि आफ्नो तीज कोशेली ‘तर्किएर जानेलाई’ सार्वजनिक गरेका छन् ।

मन्जु बिक, तुलसा जिसि र कृष्ण भट्टराईको आवाज रहेको यस गीतमा दिपक अधिकारीले शब्द लेखेका हुन भने सन्तोष सुबेदिले लय भरेका छन् ।

राजेन्द्र नेपाली लट्टे, अस्मि गौतम र अनुभव पौडेल, कृष्ण भट्टराईको अभिनय रहेको गीतको भिडियोलाई गणेश सापकोटाले खिचेका हुन् भने सुवास अंगाइले सम्पादन गरेका छन् । कपिल श्रेष्ठको निर्देशन रहेको भिडियोलाई कृष्ण भट्टराई युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु