‘घरि घरि’ मा प्रमिलाको शब्द, सरोजको संगीत, कृष्ण र रचानाको स्वर

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

काठमाडौं । कृष्ण काफ्ले र रचना रिमालको स्वरमा ‘घरि घरि’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । प्रमिला वस्नेतको शब्द रहेको यो गीतमा सरोज प्यकुरेलको संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । प्रवासमा बसेर पनि गीत संगीतलाई माया गर्ने प्रमिला बस्नेत गीतकारका अतिरिक्त गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पनि हुनुहुन्छ ।

उहाँले यो भन्दा अगाडी पनि धेरै गीत लेखी सक्नु भएको छ कुसन थापाको मिक्सीङ मास्टरिङ भएको यो गीतको भिडियो पनि तयार भएर रिलिज भैसकेको छ । कृष्ण काफ्ले र समिक्षा पोखरेलको अभिनय रहेको यो गीतलाई प्रहिल कार्कीले निर्देशन गर्नु भएको छ भने गीतमा छायांकन आभाष वर्जाचार्यको रहेको छ । दुई प्रेमीको लभस्टोरीलाई समेटिएको यो गीतमा समिक्षा पोखरेल र कृष्ण काफ्ले दुबैको जोडदार अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु