काठमाडौं । लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ सम्मानित भएका छन् ।
कला संस्कृतिलाई संरक्षण गर्न महत्वपूर्ण भुमिका खेलेको संगीतको बिस्तारमा पु¥र्याएको योगदानको कदर स्वरुप कँडेललाई ‘विशेष कला सम्मान’ द्धारा सम्मानित भएका हुन् ।
त्यस्तै पछिल्लो दशकमा कला पत्रकारिताको क्षेत्रमा पू¥याएको कदर स्वरुप बराइली ‘दशक पत्रकारिता सम्मान’ बाट सम्मानित भएका हुन् ।
चलचित्र बिकाश बोर्डमा आयोजित म्युजिक अवार्डमा कँडेल र बराइली सम्मानित भएका हुन् ।
यस कार्यक्रममा प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान गरिएको थियो ।
यस कार्यक्रमममा गायक ईन्द्र जिसी, सागर गुरुङ, प्रदिप कार्की, शिखर श्रेष्ठ, बिष्णु तरुके, पुष्पा शर्मा, बिजयरत्न तुलाधर, बबिता श्रेष्ठ, नायिका तथा मोडल सबिना कार्की, गायक अलिफ खान, पत्रकार बर्षा खनाल लगायत सम्मानित भएका थिए ।
त्यस्तै सागर लम्साल (बले), दुर्गेश थापा, जनक सिंह, निरेन श्रेष्ठ, रमिला न्यौपाने, सुनितामी परियार, शोभा त्रिपाठी, जुनु रिजाल लगायत अन्यले बिभिन्न बिधामा ६० जनाले अवार्ड चुमेका थिए ।