• कृष्ण केसी र लेखराज गिरीको ‘भोक’

    म्यूजिक खबर
    प्रकाशित: १५ माघ २०७९, आईतवार
    Krishna KC

    काठमाडौं । गायक कृष्ण केसीको स्वर एवं लेखराज गिरीको शब्द संगीतमा ‘भोक’ सार्वजनिक भएको छ । गायक केसीकै संगीत संयोजन रहेको यस गीतमा गरीबीको भोकलाई प्रस्तुत गरिएको छ । नाना र दानाको भोकका कारण मानिसले कस्तोसम्म सहनुपर्छ र सडकमा हुनेका लागि अरुले कस्तो व्यवहार गर्छन् भन्ने कुरा प्रस्तुत गरिएको छ । सडकमा भोकका लागि दुःख पाएको व्यक्ति पनि आफ्नो अनुभवबाट पछि धनी र समाजसेवी बन्न सक्छ कुरा प्रस्तुत गरिएको छ ।
    यस गीतको भिडियोमा सरस्वती खत्री, मुकेश लिम्बू, स्पेश लामिछाने र रेनु श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा बाल कलाकार रोहन केसीले विशेष भूमिका निर्वाह गरेका छन् । लेकराज गिरी र सन्देश शाहको स्टोरी, सन्दिप डाँगीको छायाँकन रहेको भिडियोमा सम्पादन र निर्देशन सन्देश शाहले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु