पुष्पको लुक्सले ‘कृष्ण–लीला’ को चर्चा

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७७, आईतवार
Krishna Leela

काठमाडौ । नयाँ बर्ष ०७८ को कोसेली स्वरुप चैत्र २७ मा प्रदर्शन हुने तयारीमा रहेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ फस्र्टलुक पोस्टर सार्वजनीक भएको छ । यसअघि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका गीतका कारण चर्चामा रहेकोे फिल्मको फस्र्टलुकमा अभिनेता पुष्प खड्का भिन्न अबतारमा देखिएका छन् ।

दीपक ओली निर्देशीत फिल्मको सार्वजनीक पोस्टरले दर्शकमा कुतुहलता जगाएको छ । अभिनेता पुष्पलाई मात्र प्रस्तुत गरिएको पोस्टरमा एंग्री बर्डको टिर्सट लगाएका उनकोहातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चश्मा पहिरिएका छन् । उनको यो भिन्न ‘लुक’ र ‘गेटअप’ ले अहिले बजार तातेको छ । पुष्पको ‘लुक’ बारे निर्देशक ओलीको संक्षिप्त प्रतिक्रिया छ । उनी भन्छन्, ‘फिल्ममा केही बिशेष अबश्य छ । त्यसका लागि चैत्र २७ सम्म कुर्नै पर्छ ।’

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा पुष्पका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ,आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ अनि सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

आरआर फिल्म प्रोडक्सनले बितरण गर्ने फिल्म शिब ढकाल र बाबु श्रेष्ठ (एक गीत) ले खिचेका हुन् । इलाम, झापा र पाँचथरका बिभिन्न स्थानमा खिचिएको फिल्मको लेखन लक्ष्मण सुवेदी, द्धन्द्ध श्री श्रेष्ठ,संगीत अर्जुन पोखरेल र कोरियोग्राफी रामजी लामीछानेको छ । फिल्म अद्भुत प्रेमकथामा रहेको बुझ्नमा आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु