
साहित्यकार/सञ्चारकर्मी सविन प्रियासनको गीत ‘म गीतहरुमा डुबेर’ दर्शकमाझ आएको छ । कृष्ण काफ्लेको स्वर, पुरुषोत्तम न्यौपानेको सङ्गीत र गोपाल रसाइलीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रोजल थापाले निर्देशन गरेको भिडियोमा बेबो आचार्य र जय देवकोटाको अभिनय रहेको छ । वीरेन्द्र भट्टको छायाँकन रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । प्रियासनको गीत भने यो पहिलो हो । ‘सबैको माया पाएर नै यो गीत लेखेको हुँ, गीतले सबैको मायाँ पाउनेमा आशावादी छु’, प्रियासन भन्छन ।
https://youtu.be/3pMtrG80f3w